के एल दुगडद्वारा मजदुरलाई खाद्यान्न राहत सामग्री वितरण

काठमाडौं । के एल दुगड समूहद्वारा विराटनगरस्थित विराटनगर बसपार्कमा कार्यरत दैनिक मजदुरहरुलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामाग्रीहरु वितरण गरेको छ ।
कोरोना महामारीले गर्दा बसपार्कस्थित दैनिक ज्यालादारी मजदुरहरुलाई राहत स्वरुप खाद्य सामग्री वितरण मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको उपस्थितिमा वितरण गरिएको थियो । साथै १०० जना मजदुरहरुलाई खाद्य सामग्री वितरण गरिएको थियो ।
के एल दुगड समूहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको जनाएको छ ।
उक्त कार्यक्रम २०७८ असार मसान्तसम्म रहनेछ भने नेपालगन्जस्थित भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरिरहेको छ । उक्त सहयोगले उक्त अस्पातलमा सञ्चालित भोजन जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको जनाएको छ ।
यस्तो कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिहरुलाई राहत पुगोस् भन्ने हिसाबमा सहयोग गरिएको कम्पनी ले जनाएको छ । अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।










