कालो ढुसीको मृत्युदर ५४ प्रतिशत, बेलैमा थाहा पाउन जरुरी

काठमाडौं । कालो ढुसी अर्थात ब्ल्याक फंगस एक प्रकारको अवसरवादी सङक्रमण हो । वास्तवमा यो बाहिरी वातावरणमा जताततै हुन्छ । यसले खासमा शरीर एकदमै कमजोर भएको अवस्थामा आक्रमण गर्दछ ।

बिरामी भएर निको भएकाहरु तथा लामो समयसम्म उपचार गराएका मानिसमा यसको सङक्रमण धेरै देखिएको छ । यसमा पनि सबैभन्दा बढि सुगर अर्थात मधुमेहका बिरामीमा यो रोगको समस्या अलि बढी नै देखिएको छ । किनकी अस्पताल बसाइमा स्टेरोइड भन्ने औषधी प्रयोग गरिएको हुन्छ, लामो समयसम्म त्यो औषधीको प्रयोगले सुगरको मात्रा बढाउन सहयोग गर्दछ ।

यो पनि : नेपालमा १० जनामा भेटियो ‘कालो ढुसी’, कसरी चिन्ने, कसरी बच्ने ?

सुगरमा यसै पनि सङक्रमणको उच्च जोखिम हुने गर्दछ भने स्टेरोइडले शरीरमा सुगर झन् बढ्ने भएकाले यसको जोखिम अझ बढ्ने हो । स्टेरोइड बिरामीको ज्यान बचाउनका लागि खुवाउनु पर्छ । तर यसको लामो समय प्रयोग गरिएका बिरामीमा यो रोगको जोखिम धेरै देखिएको हो । स्टेरोइडले हाम्रो शरीरमा रोग प्रतिरोधातमक क्षमतालाई घटाउँछ । यसले गर्दा त्यो व्यक्तिमा अन्य सङक्रमणहरुले आक्रमण गर्न सक्ने सम्भावना बढी हुन जान्छ ।

मानिस कमजोर भएको अवसर पारेर कालो ढुसीले आक्रमण गरिरहेको हुन्छ । कोरोना भाइरसभन्दा कालोढुसीको मृत्युदर धेरै बढी रहेको पाइएको छ । यसको मृत्युदर ५४ प्रतिशत रहेको पाइएको छ । यो भनेको कोरोना भाइरस भन्दा धेरै गुणा खतरनाक हो । तर यो मानिसबाट मानिसमा सर्दैन । हाम्रो वरपर ढुङ्गा माटो सबै ठाउँमा यो रहन्छ । हावाबाट पनि ढुसी उडेर आउन सक्ने भएकाले मास्क लगाउन आवश्यक छ ।

कालो ढुसीबाट बच्न सावधानी अपनाउन जरुरी छ । कुनै व्यक्ति लामो समयसम्म सङक्रमित भएर ठिक भएपछि चाहिँ बेवास्ता नगरौं । निरन्तर रुपमा मास्क लगाऔँ । सरसफाईमा ध्यान दिउँ । यसको उपचार नेपालमा पनि सम्भव छ । रोगको सही र शीघ्र पहिचान गर्न आवश्यक छ ।

थप पढ्नुस् : कालो ढुसीको संक्रमण नयाँ होइन, तर प्राण लिन सक्छ : डा. कमर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *