नेपालमा १० जनामा भेटियो ‘कालो ढुसी’, कसरी चिन्ने, कसरी बच्ने ?

काठमाडौं । ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट नेपालमा हालसम्म विभिन्न स्थानमा गरि १० जना संक्रमित फेला परेका छन् । काठमाडौंको त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा र नर्भिक अस्पताल, बाँकेको भेरी अस्पताल र वीरगञ्जको नारायणी अस्पतालमा भेटिएको हाे ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार यो रोग कोरोना भाइरस जस्तो नसर्नै र धेरै कमजोर शरीर भएका ब्यक्तिमा देखा पर्नै समस्या रहेको बताए । अहिले यसको संक्रमण बढ्दै गएको भन्दैं अस्पतालहरूलाई त्यस्ता खालका बिरामीबारे सचेत रहन उनले आग्रह गरे ।

लक्षण
– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने,
– आँखा र नाक सुन्निने,
– रातो हुने वा दुख्ने,
– नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने,
– रगत बग्ने,
– बाक्लो सिंगान आउने,
– ज्वरो आउने,
– दाँत दुख्ने वा हल्लिने ।

उच्च जोखिम
– कोभिड–१९ उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरू,
– ४५ देखि ६५ वर्ष उमेर समूहमा मानिस ,
– चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक वा अन्य औषधिको जभाथावी प्रयोग गर्नेहरू,
– मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू।

बच्ने उपाय

– सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने,
– नियमित रुपमा हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने,
– व्यक्तिगत सरसफाईमा ध्यान दिने,
– घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने
– नुनिलो पानीले नाक सफा गर्ने,
– पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने,
– मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने,
– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *