हाम्राविरुद्ध फेरि अनर्गल प्रचार शुरू भयो : घनश्याम भुसाल
२०७८ जेठ २४ गते

फाइल तस्वीर
काठमाडौं । विपक्षी एमाले नेता घनश्याम भुसालले आफूहरूविरुद्ध अनर्गल प्रचार शुरु भएको बताएका छन् । आफूहरु माधवकुमार नेपाल—झलनाथ खनाल समूहलाई छाडेर केपी शर्मा ओली समूहतिर लाग्न खोजेको भनी अनर्गल प्रचार गरिएको बताएका हुन् ।
फेसबूकमार्फत स्पष्टीकरण दिँदै नेता भुसालले एकताको कुरा गर्दा आत्मसमर्पणको रूपमा व्याख्या गर्ने समूह नै तयार भएको बताएका छन् । ‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरू भएको छ,’ नेता भुसालले भने— ‘हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’
अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने भन्दै एकताको आह्वान गरेपछि योगेशकुमार भट्टराईबाहेकका नेताहरुले आफ्नो समूह (विपक्षी एमाले) लाई फुटाउन खोजिएको रुपमा बुझेका छन् ।
२०७८ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








