राष्ट्रिय आविस्कार केन्द्र र ब्रिटिश कलेजले कोभिड–१९ राहत कार्यमा सहकार्य गर्ने

काठमाडौं । थापाथलीस्थित रहेको द ब्रिटिस कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेसनल इनोभेसन सेन्टर) ले संयुक्त रुपमा नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् ।

दुवै संस्थाले संयुक्त रुपमा मिलेर नेपालको वर्तमान संकटको अवस्थामा सहयोगको निम्ती नेसनल इनोभेसन सेन्टरलाई थप उर्जासील बनाउन र राहतकार्यलाई अझ सुदृढ पार्नको लागि एक परियोजना अगाडि बढाउने जनाएको छ ।

कलेजका निर्देशक महेन्द्र राज कँडेलले भने, ‘नेसनल इनोभेसन सेन्टरसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । ब्रिटिस कलेजले लामो समयदेखि यस्ता प्रकारको साझेदारी र सामाजिक कार्यहरू गर्दै आएको छ । हामी विश्वास गर्दछौँ कि कोभिड-१९ विरूद्ध लड्न यसले धेरै सहयोगी भूमिका खेल्नेछ । आउने दिनमा पनि यी प्रकारका साझेदारी र सिएसआर गर्दै जानेछौँ ।’

यस क्रममा संयुक्त रुपमा टिबिसी र एनआइसीले कोभिड-१९ राहत कार्यक्रमलाई विभिन्न तरिकाले अगाडि बढाइने बताइएको छ ।

कोभिड राहतको क्षेत्रमा नयाँ घटनाक्रमको बारेमा अनुसन्धान गर्ने, फ्रन्टलाइन खटेर काम गर्नेहरूलाई सहयोग पुर्‍याउन सुरक्षात्मक उपकरण विकास गर्ने, र भेन्टिलेटरजस्ता सान्दर्भिक चिकित्सा उपकरणहरू मर्मत गर्ने र ल्याउने कामलाई सञ्चालनमा ल्याउने जनाएको छ ।

वितरण र पहुँच केन्द्रित गर्ने सुनिश्चित गर्नको लागि सबैभन्दा धेरै खाँचोमा परेकाहरुलाई सहयोग पुर्‍याइनेछ । टिबिसीको इनोवेसन हब र इनक्युबेसन सेन्टरमा कलेजका विद्यार्थीहरूद्वारा सम्बन्धित प्राजेक्टमा अनुसन्धान हुने जनाएको छ ।

एनआईसी अधिकारीहरूद्वारा निरिक्षण र प्रोत्साहन गर्नका लागि सेमिनार, वेबिनारहरू र कार्यशालाहरू गर्नेछन् । यसले महामारीका बीच कसरी संकटको सामना गर्ने सोच विकास गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =