प्रचण्डले नेपालपछि देउवालाई भेटे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानिलकण्ठ पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न अध्यक्ष प्रचण्ड केही समयअगाडि बुढानिलकण्ठ पुगेको एक कांग्रेस नेताले मकालु खबरलाई जानकारी दिए । ती नेताले भने— ‘छलफल जारी छ । समसामयिक राष्ट्रिय राजनीतिबारे छलफल भइरहेको छ ।’

यसअघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी एमालेलाई देउवालाई प्रधानमन्त्री बनाउनेलगायतका सन्दर्भको हस्ताक्षर फिर्ता लिए आफू ०७५ जेठ २ मा फर्किन तयार रहेको बताएका थिए । कांग्रेस, माओवादी, विपक्षी एमाले, जसपा र राष्ट्रिय जनमोर्चासम्बद्ध ५ विपक्षी गठबन्धनले देउवालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका थिए ।

प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका गठबन्धनले प्रतिनिधि सभा विघटनबारे सर्वोच्चको फैसला कुरिरहेका छन् । त्यसअगाडि अध्यक्ष प्रचण्डले विपक्षी एमाले नेता माधवकुमार नेपाललाई कोटेश्वरमा भेटेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *