सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन् ।

उनी मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार नै दर्ता भइसकेको छ ।

एमाले स्थायी कमिटी बैठकले जेठ १० गते नै माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । तर, प्रदेशमा एमाले संसदीय दलले भने तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ । माधव पक्षले समर्थन कायम राख्दै मन्त्रिमण्डलमा थप मन्त्री पठाएको छ ।

यस्तै शुक्रबार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए । यस्तै सदनमा बोल्दै प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *