प्राविधिकको सहयोगमा स्वस्तिमाको पहल

काठमाडौँ । निषेधाज्ञाका कारण आर्थिक समस्यामा रहेका चलचित्र प्राविधिकको सहयोगमा अभिनेत्री स्वस्तिमा खड्काले सहयोग जुटाउने उद्देश्यले एक अभियान थालेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै समस्यामा रहेका प्राविधिकहरूलाई सकेको सहयोग गर्न अपिल समेत गरेकी छन् ।

स्वस्तिमा भन्छिन्,‘हामी असामान्य परिस्थितिमा छौँ । यस्तो बेला सरकारको प्राथमिकतामा फिल्म उद्योग पर्न सकेको छैन । कोरोनामा सबैभन्दा बढी मारमा चलचित्रमा काम गर्ने प्राविधिकहरू परेका छन् ।’

उनले दैनिक छाक टार्न समेत समस्या रहेको समाचारले आफूलाई भावुक समेत बनाएको बताएकी छन् । आफ्नो चिनजानका व्यक्ति र आफू आवद्ध ब्रान्डहरूलाई समेत प्राविधिकको सहयोगका लागि आग्रह गरेको बताएकी खड्काले चलचित्र प्राविधिकको काम र पारिश्रमिकको विषयमा समेत चर्चा गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *