मदिरा व्यवसायी महासंघद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । महासंघले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमार्फत उक्त सामग्री प्रदान गरेको हो ।

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेललाई बिहीबार दश हजार मास्क र एक हजार सेनिटाइजर हस्तान्तरण गरेका छन् ।

मदिरा महासंघका अध्यक्षले विकट तथा दुर्गम क्षेत्रमा रहेका पत्रकारहरु स्वास्थ्य सामग्रीहरुको अभावमा जोखिम बढ्न सक्ने भएकाले उक्त सहयोग गरिएको बताए ।

विभिन्न संकटहरुमा मदिरा महासंघले मानवीय सेवा र सहयोग गर्दै आएको बताउँदै शर्पाले आगामी दिनमा पनि नेपाल पत्रकार महासंघसँग सहकार्य गर्ने बताए ।

स्वास्थ्य सामग्री सहयोग गरेकोमा पत्रकार महासंघले मदिरा व्यवसायी महासंघलाई आभार तथा धन्यवाद दिएको छ । पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेलले मदिरा व्यवसायी महासंघले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुलाई प्रदान गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =