कालो ढुसी रोगका कारण धनगढीमा एकजनाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा कालो ढुसी (ब्ल्याक फंगस) रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ ।

जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

ब्ल्याक फंगसको लक्षण देखिएका आधारमा उनको उपचार भइरहेको र प्रयोगशालामा गरिएको परीक्षणमा ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

उनको पीसीआर परीक्षणमा कोरोना भने नेगेटिभ रहेको रिपोर्ट आएको छ । ती व्यक्तिमा यसअघि कोरोनाको कुनै संकेत नदेखिएको र उनले पनि यसबारे केही नबताएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपालमा १० जनामा भेटियो ‘कालो ढुसी’, कसरी चिन्ने, कसरी बच्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *