नक्कल गर्दागर्दै ‘क्यारिकेचर’मा जमेका भरतमणि

काठमाडौं । दाजुहरुले ‘फलानाको जस्तो आवाज निकाल् त’ भनेर अह्राउँदा उनलाई लाज लाग्थ्यो । अर्काको नक्कल गरेर बोल्न खासै मन लाग्दैन थियो । तर गर्नैपर्थ्यो । नत्र दाजुहरुले कुट्ने वा घरै जान नदिने डर देखाउँथे । सानैमा जानी नजानी अर्काको नक्कल गर्दा गर्दै क्यारिकेचरमा अब्बल हुँदै गए भरतमणि पौडेल ।

कमेडीका अन्य विधामध्ये क्यारिकेचरमा उनी ‘क्षमतावान’ देखिएका छन् । क्यारिकेचरमा उनको पात्र छनौट र स्क्रिप्ट पनि राम्रो हुने गरेको दर्शक श्रोताको प्रतिकृया छ । रेडियो कार्यक्रमले अलि ठुलो जमातसम्म पुर्‍याएको उनको क्षमता युट्युब हुँदै अहिले कमेडी च्याम्पियनको प्ल्याटफर्मबाट फैलिरहेको छ ।

पूर्वमन्त्रीहरु गोकुल बाँस्कोटा र राजेन्द्र महतोको क्यारिकेर धेरैले मन पराए । उनका पात्र छनोट पनि गज्जबका हुने गरेका छन् । बाँस्कोटा र महतोमात्र होइन‚ कहिले हिमेश पन्त त कहिले लालबाबु पण्डित र कहिले रामनारायण बिडारी ।

रेडियोले बसाएको जग र दिलाएको हौसला
एसएलसी परीक्षा दिएलगत्तै उनले रेडियो ताप्लेजुङमा हाँस्य कार्यक्रम ‘सुपर डुप्लिकेट’ सञ्चालन गर्न थाले । उनको क्यारिकेचरको यात्रालाई यो कार्यक्रमले धेरै नै सहयोग गरेको उनी ठान्छन् । यो कार्यक्रम लोकप्रिय हुँदै गएपछि उनले रेडियो तमोरमा ‘टेन्सन फ्री’ कार्यक्रम चलाउन थाले । यसको कभरेज अलि धेरै थियो । यो कार्यक्रम चलाउने क्रममा हाँस्य कलाकारसँगको सम्बन्ध बढ्दै गयो । काम गर्ने क्षेत्र पनि विस्तार हुँदै गयो । उनी काठमाडौं आएपछि पनि र यहिँबाट रेडियो कार्यक्रम चलाउन थाले ।

क्यारिकेचरमा अब्बल
सानैमा अरूको दबाबमा अर्काको नक्कल गर्न थालेका उनलाई हाँस्य कलाकारको परिचय बनाउन नै ‘क्यारिकेचर’ले सहयोग गर्‍यो । उनले पहिलोपटक कलाकारमध्ये सीताराम कट्टेल ‘धुर्मुस’ को क्यारिकेचर गरेका थिए । यस्तै नेताहरुमा शेरबहादुर देउवाको । देउवाको अभिनय गर्दा उनलाई देउवाको विषयमा केही पनि थाहा नभएकाले उनले अरु कलाकारले गरेको क्यारिकेचर हेरेर देउवाको जस्तै आवाज निकालेका थिए । उनको पूर्वयुवराज पारस शाहको क्यारिकेचरलाई दर्शकले अत्यधिक मन पराएका छन् ।

कमेडी च्याम्पियनमा आएपछि पनि उनले धेरैजनाको क्यारिकेचर गरिसकेका छन् । जसमध्ये पूर्वमन्त्रीहरु गोकुल बाँस्कोटा र राजेन्द्र महतोको क्यारिकेर धेरैले मन पराए । उनका पात्र छनौट पनि गज्जबका हुने गरेका छन् । बाँस्कोटा र महतोमात्र होइन‚ कहिले हिमेश पन्त त कहिले लालबाबु पण्डित र कहिले रामनारायण बिडारी ।

कमेडीमै केही गर्न काठमाडौं
भरतमणीको प्रतिभा ताप्लेजुङ्गबाट काठमाडौं हुँदै अहिले देश विदेशसम्म पुगिरहेको छ । कमेडीमा केही गर्न सक्छु भन्ने आत्मविश्वास पलाउन थालेपछि थप सिक्ने र संघर्ष गर्ने ठाउँ खोज्दै ताप्लेजुङबाट काठमाडौँ छिरेको उनी बताउँछन् । काठमाडौंमा आएपछि विभिन्न कार्यक्रममा जाने नाटक खेल्ने र अलि धेरैजनाको सर्कलमा चिनिने अवसर पाइरहेको र अझ धेरै मेहनत गर्न बाँकी नै रहेको पौडेल बताउँछन् ।

मनोज गजुरेल आइडल
पौडेल हास्य कलाकार मनोज गजुरेललाई आइडल मान्छन् । उनको सेन्स अफ ह्युमर आफूलाई धेरै मन पर्ने उनी बताउँछन् । एफएममा काम गर्दा नै स्टेसन म्यानेजरले उनलाई मनोजसँग चिनजान गराइदिएका थिए । यो चिनजान उनलाई फलदायी साबित भयो । रेडियो नेपालको कार्यक्रम ‘धरती आकाश’मा उनले गजुरेलसँगै काम गर्ने मौका पाए । गजुरेलले नै उनलाई प्रज्ञा भवनमा हुने गाईजात्रा तथा अन्य कार्यक्रममा रोल दिन थाले । जसले उनले आफ्नो प्रतिभा देखाउने मौका पाए ।

टेलिसिरियलको यात्रा
कार्यक्रम टेन्सन फ्रीकै क्रममा उनको भेट कलाकार हरिस निरौला ‘कक्रोच’सँग भयो । यसैको परिणाम उनले टेलिसियल ‘भद्रगोल’ मा काम गर्न थाले । यसअघि पनि उनले मेरी बास्सैको केही भागमा काम गरिसकेका थिए ।

पारिश्रमिक
उनलाई एफएममा एउटा कार्यक्रमको १५० रुपैयाँ दिइन्थ्यो । रेडियोको पूर्णकालीन कर्मचारी भएपछि भने उनको पारिश्रमिक प्रति महिना ४५ सय रुपैयाँ थियो । रेडियोमा चिनिन थालेपछि उनलाई मेला-महोत्सवमा जाने अवसर आउन थाल्यो । जहाँ उनले ५ हजारको आसपासमा पारिश्रमिक पाउँथे । काठमाडौं आएपछि बीबीसी नेपालीको आगलागीसम्बन्धी एक नाटकमा उनले १० हजारभन्दा बढी पारिश्रमिक पाए । यो उनका लागि धेरै ठुलो रकम थियो ।

क्यारिकेचरमा उनको पात्र छनोट र स्क्रिप्ट पनि राम्रो हुने गरेको दर्शक श्रोताको प्रतिक्रिया छ । रेडियो कार्यक्रमले अलि ठुलो जमातसम्म पुर्‍याएको उनको क्षमता युट्युब हुँदै अहिले कमेडी च्याम्पियनको प्लाटफर्मबाट फैलिरहेको छ ।

विदेशमा कमाएको पैसाले किनेको मोटरसाइकल
उनलाई रेडियोले चिनाउँदै थियो । विभिन्न सांगितिक र सांस्कृतिक कार्यक्रममा उनलाई प्रस्तुतिका लागि बोलाउन थालियो । पूर्वी नेपालका विभिन्न जिल्लाका कार्यक्रमहरूमा जान र हँसाउन थाले । सन् २०१८ मा उनलाई हङकङ जाने अवसर प्राप्त भयो । ५० हजार रुपैयाँ पारिश्रमिक दिने सर्तमा उनलाई त्यहाँ लागिएको थियो । पहिलो कार्यक्रम धेरैले मन पराएसँगै अन्य कार्यक्रममा पनि उनलाई धमाधम बोलाउन थालियो । ५० हजार पारिश्रमिकमा गएका उनी २ लाख हजार ८० रुपैयाँ बोकेर नेपाल फर्किए । यही पैसाले उनले पहिलो पटक मोटरसाइकल किने ।

पढाइमा औसत
बाबुआमाको सपना छोरालाई सरकारी जागिरे बनाउने थियो । तर ताप्लेजुङमा ११ कक्षामा पढ्दै गर्दा नै कार्यक्रममा व्यस्त हुन थालेपछि उनले पढाइमा राम्रो गर्न सकेनन् । एसएलसीमा अङ्ग्रेजी विषयमा फेल भयो । फेरि परीक्षा दिएर पास गरे । प्लस टूमा पनि खासै राम्रो नतिजा ल्याउन भने सकेनन् । अर्थात् औसत नै रहेर पास गरे । कार्यक्रम र महोत्सवमा नै व्यस्त हुन थाले । उनको पढाइलाई लिएर आमाबाबुको चिन्ता बढ्दो थियो । तर उनी बेफिक्री कार्यक्रममै व्यस्त हुन्थे । मानिसले चिन्न पनि थालेकै थिए । कमाइ पनि राम्रै हुन थालेपछि पढाइ प्राथमिकतामा परेन । तर काठमाडौं आएपछि भने उनले पढाइलाई सँगसँगै अघि लैजानुपर्ने सोचे । अहिले उनी स्नातक तहको तेस्रो वर्षको नतिजा कुरेर बसिरहेका छन् ।

कोभिडका कारण उनी प्रतिस्पर्धी रहेको कमेडी च्याम्पियनको प्रतिस्पर्धा पनि रोकिएको छ । नेपालको दोस्रो कमेडी च्याम्पियन बन्ने लक्ष्यका साथ प्रतिस्पर्धामा भाग लिएको बताउने उनले यो लक्ष्य प्राप्त गर्न कमेडी च्याम्पियनका बाँकी भागमा आफूलाई अब्बल साबित गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *