चुरे निकासी गरी व्यापार घाटा कम गर्ने नाममा कुर्सी जोगाउने खेल : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको ढुङ्गा, गिटी, बालुवालगायत निकासी गरी व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउने खेल खेलेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले आफ्नो आधिकारिक फेसबूकमा एक स्थिति राख्दै यस्तो आरोप लगाएका हुन् ।

बजेटमार्फत सरकारले गरेको यो घोषणाले तराईलाई मरुभूमिकरण गर्नेतर्फसमेत  अध्यक्ष प्रचण्डले सचेत गराएका छन् । उनले भनेका छन्— ‘असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभुमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’

चुरे मास्ने सरकारकोण घोषणाविरुद्ध जनता समाजवादी पार्टी नेपाललगायतले पनि विरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *