चुरे विनास गर्ने सरकारको घोषणा राष्ट्रघाती : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अध्यादेशमार्फत सरकारले ल्याएको बजेटप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष यादवले व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणालाई राष्ट्रघातीसमेत भनेक छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवल भनेका छन्— ‘बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्युनीकरण गरिनेछ र निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा बसोबास गराउने, वन विनास गरी होटल, मोटल, रिसोर्ट आदि खोल्ने भनिएकोमा यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

यसले खासगरी मधेशबासीलाई संकटमा पार्नेसमेत अध्यक्ष यादवले बताएका छन् । विज्ञप्तिमा भनिएको छ— ‘यसले नकारात्मक पर्यावरणीय असर पार्ने छ । जसको मूल्य तराई/मधेशमा बसोबास गर्ने जनताले चुकाउनु पर्ने छ ।’

यसले चुरे विनास गर्ने, तराई मधेशलाई मरुभूमिकरण गर्ने निश्चित रहेको बताउँदै तत्काल बन्द गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । अन्यथा मरुभूमिकरण हुने कार्यबाट जोगाउन र त्यहाँका जनताले आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न वाध्य हुनुपर्ने चेतावनी समेत उनले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *