जसपाको ठाकुर पक्षले गर्यो उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन
२०७८ जेठ १८ गते

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोलाई पार्टीबाट निष्काशन गरेलगत्तै यादव कारबाहीमा परेका हुन्।
जसपा महन्थ-राजेन्द्र पक्षको पार्टी कार्यालयमा बसेको बैठकले यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको जनाइएको छ ।
पार्टी गुटको बैठक बसेर नेताहरुलाई स्पष्टीकरण सोध्नुका साथै पार्टीबाट निष्कासन गर्ने काम उपेन्द्रले नै शुरु गरेकाले निष्काशन गर्नुपरेको ठाकुर पक्षीय नेताले बताएका छन् ।
जसपाको कार्यकारिणी समितिमा यादव-भट्टराई पक्षको बहुमत छ भने विघटित प्रतिनिधि सभामा ठाकुर-महतोको बहुमत छ ।
२०७८ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








