संसद् विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

कठमाडौं । संसद् विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । गत शुक्रवारबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको मुद्दालाई आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

बहस संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएको थियो । इजलासमा उक्त विषयमाथि बहसका लागि प्रधानन्यायाधीश जबराले समय निर्धारण गरिदिएपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए ।

संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी छ । बहसको सुरुवातमै संवैधानिक इजलासमा रहेका केही न्यायाधीशबारे प्रश्न उठेपछि आइतबार इजलासमा यस विषयमै बहस केन्द्रित गरिएको हो ।

सुनुवाइ सोमबार जारी रहने गरी आइतबार इजलास उठेको हो । सोमबार संवैधानिक इजलासका न्यायाधीशबारे निर्णय हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *