बजेटबारे बाबुराम- ‘नहुने चुनावको एमाले घोषणापत्र’

काठमाडौँ । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले बजेटबारे सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै यस्तो भनेका हुन् । ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन,’ उनले भने, ‘सिधासादा मतदातालाई ललिपप बाँडेको देखियो ।’
पपुलिज्मममा पनि कुनै सिर्जनात्मकता नदेखिएका भट्टराईले बताए । ‘बजेटमा उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो । एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !,’ उनले भनेका छन् ।
अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।सिधासादा मतदातालाई ललीपप बाॅडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयाॅ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!
— Baburam Bhattarai (@brb1954) May 29, 2021








