नवनिर्वाचित सांसद देवकोटाले लिए शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

देवकोटालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रवार संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा शपथ ग्रहण गराएका हुन् ।

गत जेठ ६ गते सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा देवकोटाले एमाले उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका थिए ।

शपथ कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *