संसद् विघटन

संवैधानिक इजलासमा संसद विघटनबारेकाे सुनुवाइ शुरु

काठमाडौं । संसद् विघटनविरुद्ध परेका रिटमाथि शुक्रवार (आज)बाट सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रिटउपर सुनुवाइको लागि संवैधानिक इजलास गठन गरिसकेका छन् । वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा छन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीशमध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्था छ । बिहीबार (हिजो) प्रधानन्यायाधीशको एकल बेन्चले १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।

विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवासहित १४६ जना सांसदले संसद् पुनः स्थापना गरेर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गर्दै संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेर रिट दर्ता गराएका छन् ।

संवैधानिक इजलासमा सुनुवाइको माग गर्दै ११ वटा रिट दर्ता भएका छन् । विघटनविरुद्ध परेका कूल ३० वटा रिटउपर आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका थिए । जसमा सर्वोच्चले संवैधानिक इजलासबाटै सुनुवाइ गर्दै पुनःस्थापनाको फैसला सुनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *