संसद् विघटन

संसद् विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद् विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

का‌ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासँग बहुमत सांसदकाे समर्थन रहेकाले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने, सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकाे संसद विघटन खारेज गर्नुपर्नेलगायत माग गर्दै परेका १९ वटा रिटमाथि सनुवाइ गर्दै इजलासले सबै रिट संवैधानिक इजलासमा पठाउने निर्णय गरेकाे हाे ।

संसद् विघटनसम्बन्धी विभिन्न रिटमा संवैधानिक इजलास माग गरिएकाले ति रिटमा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।

गत वर्षको पुस ५ गते विघटन भइ फागुन ११ गते पुनःस्थापित संसद् प्रधानमन्त्री केपी शर्मा ओलीले गत ८ गते दोस्रो पटक विघटन गरेका थिए । त्याे कदम असंवैधानिक भएकाे दाबी गर्दै सर्वोच्चमा दायर भएका संसद् पुनःस्थापनाको मागसहितका रिटहरुमा शुक्रबारबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

यसअघि पनि संसद् विघटनसम्बन्धीको मुद्दाको सुनुवाइ संवैधानिक इजालसमै भएको थियो, जसले संसद पुनःस्थापना गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *