नेपाल लाइफको सचेतनामूलक भिडिओ सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै सचेतनामुलक भिडिओ सार्वजनिक गरेको छ ।

कम्पनीले ‘सचेत बनौ ! करोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौं’ भन्ने सन्देशसहितको सांगीतिक भिडिओ तयार पारेको हो । यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यो महामारीमा सबैको पीडा उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडिओमा उल्लेख गरिएको छ ।

आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैंले सावधानी अपनाउनुपर्ने आग्रह गरिएको छ । भोलिका दिनमा महामारीबाट मुक्त भई सामान्य अवस्थामा जनजीवन आएपछि फेरि पनि रमाउन सकिन्छ भन्ने सन्देश उक्त भिडिओमा देखाइएको छ । भिडिओको अन्त्यमा सचेत बनौं, कोरोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौं भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।

भिडिओमा सुनिल कोइरालाको शब्द र नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशन रहेको छ ।

पुष्कर महतोको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =