बिनापिपिई जलाइँदै कोभिड संक्रमितको शव (तस्बिरहरू)

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ ।

पशुपतिमा कोभिड संक्रमितको शव ल्याउने क्रम दिनानुदिन बढिरहँदा शव जलाउने व्यक्ति भने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)बिनै खटिइरहेका छन् । पहिले हरेक शव जलाउने व्यक्तिलाई पिपिई प्रदान गरिँदै आएको भए पनि अहिले उनीहरूलाई बिनापिपिई नै शव जलाउने कार्यमा खटाउने गरिएको छ ।

  • यो पनि

कोरोनाबाट मृत्यु हुनेको दर बढेकाले पशुपतिमा शव आउने क्रम पनि बढेको हो ।

विद्युतीय शवदाह गृहमा पौने घण्टादेखि एक घण्टासम्ममा शवदाह हुने गरेको छ भने दाउराबाट जलाइने घाटमा तीनदेखि चार घण्टामा शवदाह सकिने गरेको जनाइएको छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *