विद्युतीय शवदाह गृहमा पालो नआएपछि बागमती किनारमा शवदाह (तस्बिरहरू)

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ ।

कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा भएका तीनवटा शवदाह यन्त्रले नभ्याएपछि हाल वाग्मती किनारमै संक्रमणबाट निधन भएकाको शवदाह हुन थालेको हो ।

यसवर्ष कोरोनाबाट मृत्यु हुनेको दर बढेकाले पशुपतिमा शव आउने क्रम पनि बढेको हो ।

विद्युतीय शवदाह गृहमा पौने घण्टादेखि एक घण्टासम्ममा शवदाह हुने गरेको छ भने दाउराबाट जलाइने घाटमा तीनदेखि चार घण्टामा शवदाह सकिने गरेको छ ।

प्रतिक्रिया