नवराजलाई श्रद्धाञ्जलीमात्र दिएर पुग्दैन : विश्वप्रकाश

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नवराज विकलाई श्रद्धाञ्जलीमात्र दिएर नपुग्ने बताएका छन् । नवराज मारिएकाे १ वर्ष पुगेकाे दिन सामाजिक सञ्जालमा प्रवक्ता शर्माले विभेदका कारण ज्यान गुमाउन बाध्य नवराजहरुले श्रद्धाञ्जलीमात्र होइन‚ उनीहरुकाे रगतले साझा संकल्प मागेको बताएका हुन् ।
उनले भनेका छन्‚ ‘राजनैतिक द्वन्द्व हुँदै र हल गर्दै अघि बढाैंला भाैतिक विकास क्रमश सम्भव बनाउँला तर जातीय र अनेक सामाजिक विसंगति अन्त्य नगरी देश सुन्दर बन्दैन ।’
‘नवराज विकहरू मारिएको आज जेठ १० मा वर्ष दिन पुग्यो ! राजनैतिक द्वन्द्व हुँदै र हल गर्दै अघि बढौंला ‚ भौतिक विकास क्रमशः सम्भव बनाऔंला‚ तर जातीय विभेद र अनेक सामाजिक विसंगति अन्त्य नगरी देश सुन्दर बन्दैन । श्रद्धाञ्जलीमात्र होइन‚ आज नवराजहरुको रगतले साझा संकल्प मागेको छ देशसँग !’ उनले भनेका छन् ।








