जनकपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । संसद विघटनको विरोधमा जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र र जसपा नेपालका कार्यकर्ताहरूले संसद विघटनको असंवैधानिक कदमको विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ७ जेठमा मध्यराति दोस्रो पटक संसद विघटन गरेकी थिईन । प्रधानमन्त्रीको इशारामा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन र आफूखुसी अध्यादेश ल्याएर मुलुकलाई द्वन्द्वमा धकेलेर ‘कु’ गरेकोले तत्काल प्रतिगामी कदम सच्याउन माग गर्दै पुत्ला दहन गरेको माओवादी केन्द्रका जिल्ला सचिव दिपक यादवले जानकारी दिए । उनले तत्काल असंवैधानिक तथा प्रतिगामी कदम सच्याउन समेत माग गरे ।

कडा सुरक्षालाई चुनौती दिँदै जनकपुरको शिव चोकमा माओवादी केन्द्र धनुषा र जनता समाजवादी पार्टीको संयुक्त नेतृत्वमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =