भिमार्जुन भन्छन्- नेपाललाई फिजीको नियतिमा पुर्‍याउने काम भयो

काठमाडौँ । संविधानविद् भिमार्जुन आचार्यले नेपाललाई फिजीको नियतिमा पुर्‍याउने नागरिकता अध्यादेश जारी गरेको बताएका छन् । उनले कोभिड-१९ महामारीको समयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर नेपाललाई फिजीको नियतिमा पुर्‍याउने काम गरेका बताएका हुन् ।

ओली राष्ट्रघातको कित्तामा उभिएको दिनदेखि आफूहरुले विरोध गरेको संविधानविद् आचार्यले स्पष्ट पारे । त्यतिबेला गुट र कार्यकर्ताहरू आफूविरुद्ध खनिएको पनि उनले आरोप लगाए । ‘ओली राष्ट्र घातको कित्तामा उभिएको दिन देखि हामीले विरोध गर्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनको (ओली)गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए ।’

पहिले आफैले विरोध गर्दै आएको नागरिकता सम्बन्धी विधेयकको व्यवस्थालाई अध्यादेशमार्फत ओली नेतृत्वको सरकारले ल्याएको उनको भनाई छ । अध्यादेशका कारण प्रधानमन्त्री ओलीले भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउलान् भन्ने आशंका आचार्यको छ । ‘एउटा नेताभन्दा देश ठूलो हो । होसियार होऔँ । त्यो तत्व पचासौँ वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिऊँ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =