नेपालमा पनि बर्मामा जस्तै भएकाे हाे र कू भन्नलाई ? : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पछिल्लो पटक विकसित राजनीतिक ‘सिनारियो’ लाई कू भन्न नमिल्ने अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारीआबद्ध पत्रकारहरूसँगको अन्तरक्रियात्मक भेटघाटका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्रीले भने— ‘कू भनेको त बर्मामा भएजस्तो पो हो त, यहाँ कहाँनेर चाहिँ भयो कू ?’

प्रधानमन्त्रीले थप भने— ‘केलाई भनिन्छ कू ? के संविधानको पालना गर्दा कू हुन्छ ? संवैधानिक अभ्यास गर्दा कू हुन्छ ? संविधानसम्मत् अगाडि बढ्नु कू हुन्छ ? साथीहरुले बुझेरै कू भन्नुभएको छ कि ? यतिकै रिस उठेर भन्नुभएको ?’ यस्तै प्रधानमन्त्री ओलीले आफूले संविधानसम्मत् कदम चालेको दाबी गरेका छन् । ‘मैले हरेक कदम संविधानसम्मत् चालेको छु ।

राजनीतिमा कहिलेकाहीँ छिट्टै फेरबदल हुनेसमेत प्रधानमन्त्री ओलीले बताए । भने— ‘मलाई पनि यो स्थितिमै पुगुँ भन्ने लागेको थिएन । तर, कहिलेकाहीँ राजनीतिमा छिट्टै नै फेरबदल हुने रहेछ ।’

पहिलो पटक गत वर्षको पुस ५ गते विघटन भइ फागुन ११ गते पुनःस्थापित संसद् प्रधानमन्त्री ओलीले दोस्रो पटक जेठ ८ मा विघटन गरेका छन् । नेपालमा संसद् विघटनलाई ‘कू’ भनिँदै आएको छ । संसद् विघटन गर्ने कदम ‘कू’ नै भएको संविधानविद् तथा कानुनवेत्ताहरुले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *