सत्ताधारीले वैधता गुमाएपछि अनेक भ्रम र विभाजन सिर्जना गर्छ : घनश्याम भुसाल

काठमाडाैँ । नेकपा एमालेका नेता घनश्याम भुसालले सत्ताधारीले वैधता गुमाएपछि अनेक भ्रम, विभाजन सिर्जना गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीका कदमको चर्काे विरोध गर्दै यस्तो बताएका हुन् ।

पार्टीभित्र पुनः विवाद उत्कर्षमा पुगेपछि र माधवकुमार नेपालसहित केही नेतालाई तेस्रो पटक र सांसदहरूलाई दोस्रो स्पष्टीकरण सोधिएपछि उनी रुष्ट भएका हुन् । ‘सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पंत्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरूलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ’, उनले भनेका छन्, ‘वास्तवमा परिणाम विपरीत हुन्छ ।’

सत्ताधारीले जतिजति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउने बताए । ‘सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपायहरू अपनाउँछ । यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरूको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो । अथवा यसरी भनौँ- राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरूमा मुख्यरूपले छक्कापञ्जा शास्त्र कै पढाइ हुन्थ्यो ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =