‘संसद् पुनःस्थापना हुन्छ हुन्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनःस्थापना हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मध्यरातमा विघटित संसद् पुनःस्थापना हुनेमा आफूसहितका विपक्षी गठबन्धनका नेताहरु ढुक्क रहेको बताएका हुन् ।

शनिवार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको ५ दलको बैठक सकिएपछि पत्रकारहरुसाग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने— ‘मध्यरातिमा अपारदर्शी तरिकाले, निरंकुश र षड्यन्त्रपूर्वक ढंगले जसरी संसद् फेरि विघटन गरिएको घोषणा गरिएको छ । त्यसको प्रतिवाद पनि त्यसरी नै गरिनेछ । सडकमा पनि, अदालतमा पनि । हामीलाई विश्वास छ, अदालतले फेरि एकपटक लोकतन्त्र र संविधानको पक्षमा निरंकुशताको विरुद्धमा फैसला गर्नेछ ।’

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन शुक्रबार हस्ताक्षर १४९ गर्नेलगायतका थप सांसदहरुसहित सर्वोच्चमा जाने बताए ।

अध्यक्ष प्रचण्डले कोरोना महामारीकेन्द्रित हुनुपर्ने बेलामा प्रधानमन्त्रीले राजनीतिक फण्डा मच्चाएको टिप्पणी गरे । भने— ‘अहिले यो कोरोनाको महामारीको बेलामा सबै शक्ति महामारीको विरुद्धमा उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक ढंगले देशलाई दुर्घटनातिर लानुभएको छ । त्यसलाई नेपाली जनताले सहने छैनन् । जनताको तहबाट पनि स्थानीय तहबाट प्रतिवाद शुरु गरिनेछ। र, अदालतमा पनि यसबारे सशक्त बहस हुनेछ ।’

गएराति मध्यरामा प्रधानमन्त्री ओलीले सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् दोस्रो पटक विघटन गरेकी छन् । त्यसपछि विपक्षी दलहरु एकजुट बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *