राष्ट्रपतिको कदम कदापि क्षम्य हुन सक्दैन : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा‌. शेखर कोइरालाले राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा लगेको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि नेता कोइरालाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको उनको आरोप छ । ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो,’ उनले भने, ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ ।’

उनले संविधानलाई समाप्त गर्ने काम भएको भन्दै राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुन नसक्ने बताए । ‘संविधानलाई समाप्त गर्ने काम भएको छ । राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन,’ नेता कोइरालाले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =