१५३ सांसदको समर्थन रहेकाे दाबीसहित ओलीद्वारा प्रधानमन्त्रीमा दाबी

काठमाडौं । केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दाबी गरेका छन् । नेता विष्णु रिमालकाअनुसार ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।

रिमालकाअनुसार दाबी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता ओलीको हस्ताक्षर रहेको छ ।

यता प्रधानमन्त्रीको दाबी गर्दै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा पनि १ सय ४९ सांसदको हस्ताक्षरसहित शीलत निवास पुगेका छन् ।

यद्यपि यता जसपा सांसदहरुले भने आफूहरुले ओलीलाई प्रधानमन्त्री बनाउने भनेर समर्थन नगर्ने र हस्ताक्षर पनि नगरेको बताएका छन् । जसपा सांसद रेनुकुमारी यादवले भनिन्— ‘हामीले ओलीको समर्थनमा हस्ताक्षर गरेका छैनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =