राष्ट्रपतिको निर्णय देशको लागि दुर्भाग्यपूर्ण : डा. लोहनी
२०७८ जेठ ७ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय असंवैधानिक भएको बताएका छन् ।
‘राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति’बारे प्रतिक्रिया दिँदै लोहनीले यस्तो बताएका हुन् ।
‘यो निर्णयले कोभिड-१९ संकटको पीडामा रहेको नेपाललाई अर्को महासंकटमा धकेल्छ,’ अध्यक्ष लोहनीले ट्वीटरमा लेखेका छन्, ‘यो देशको लागि दुर्भाग्यपूर्ण छ र यसको विरोध गर्नुपर्दछ ।’
रास्ट्रपति को निर्णय असंबैधानिक छ. कोरोन संकट को पिडामा रहेका नेपाली हरु माथि अर्को माहा संकट तिर धकेलेकोछा। यो देस को लागि दुर्भाग्य पूर्ण छ र यसको बिरोध गर्नु पर्दछ
— Dr. Prakash C Lohani (@PCLohani) May 21, 2021
२०७८ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित








