राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुईवटा अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शपथसम्बन्धी अध्यादेश २०७८ र कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेश २०७८ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा ८० ले प्रधानमन्त्री तथा मन्त्रीहरूले संघीय कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। तर, अहिलेसम्म शपथ सम्बन्धी संघीय कानून बनेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक प्रधानमन्त्रीको शपथ लिने क्रममा राष्ट्रपतिले उल्लेख गरेको वाक्यांश उल्लेख नगरी ‘त्यो पर्दैन’ भनेका थिए ।

यसको चौतर्फी आलोचना भइरहेको छ । यो विषय सर्वोच्चमा पनि पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *