कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षण पत्र [पत्रसहित]

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसले बिहीबार सिंहदरबार पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

कांग्रेसले बढ्दो कोभिड—१९लगायतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो । यस्तै खोप खरिदलगायतका विषयमा देखिएका अनियमितता छानविन गर्न पनि कांग्रेसको माग छ ।

अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । नाकाहरूमा पीसीआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि कांग्रेसको माग छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवासँगै महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतल, नेता रामशरण महतलगायत नेताहरु सिंहदरबार पुगेका थिए । सो क्रममा उनीहरुले ओलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *