तीन थान एकनाले भरुवा बन्दुक बरामद

बागलुङ । बरेङ गाउँपालिका-१ सल्लेरी सामुदायिक वनमा वेबारिसे अवस्थामा रहेको ३ थान एकनाले भरुवा बन्दुक आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।

उक्त वनमा हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरेङडाँडाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सल्लाको रुखमुनी घाँसपातले लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =