करेन्ट लागेर बालिकाको मृत्यु
२०७८ जेठ २ गते

सांकेतिक तस्वीर।
सिरहा । लक्ष्मीपुर पतारी गाउँपालिका-४ ब्रमपुरी बस्ने सत्रुधन मुखियाकी १५ वर्षीया छोरी दिपा कुमारी मुखियाको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा मोटर जडान भएको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
२०७८ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित








