क्षति रोक्न राज्य गम्भिर हुन आवश्यक: पत्रकार महासँघ

काठमाडौं । नेपाल पत्रकार महाँसघले राज्यको फितलो तयारीले गर्दा आम नागरिकले अक्सिजन र सहयोगी औषधि पाउन नसकेको भन्दै क्षति रोक्न गम्भिर भएर लाग्न सरकारलाई आग्रह गरेको छ ।
महासंघका अध्यक्ष विपुल प्रोखेलले विज्ञप्ती निकालेर राज्यले आफ्नो स्वास्थ्य संयन्त्रलाई अझ बलियो बनाउँदै आवश्यक मात्रामा अक्सिजनको प्रबन्ध गर्नुपर्ने, अस्पतालमा शय्या थप्न, अस्थायी उपचार केन्द्रहरु निर्माण गर्न तत्काल विशेष योजना बनाई कार्यान्वयन गरिहाल्नु पर्ने अवस्था रहेको बताएका हुन् ।
कोरोनाविरुद्धको लडाईका ‘फ्रण्टलाइनर’हरु चिकित्सा क्षेत्रको योगदान होस् या सरसफाइकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सामान पाउन लागि क्रियाशील व्यक्ति तथा संस्था, एम्बुलेन्स चालकलगायतको भूमिका महत्वपूर्ण रहेको भन्दै यी वर्गलाई अझ उत्साहित गर्ने दायित्व पनि राज्यको रहेको बताएका छन्।
बिज्ञप्तीमा राज्यले आफ्नो स्वास्थ्य संयन्त्रलाई अझ बलियो बनाउँदै आवश्यक मात्रामा अक्सिजनको प्रबन्ध गर्न, अस्पतालका बेडको संख्या थप्न, अस्थायी उपचार पत्रकार आचारसंहिताको बुँदा ११ मा ‘पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक, विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा समाचार सामग्री सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय संवेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्दछ’ विज्ञप्तिमा भनिएको छ ।









