मतदानमा एमालेका २८ सांसद अनुपस्थित (सूचीसहित)

काठमाडौं । आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन एमालेका २८ जना सांसद प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन् ।

विश्वासको मत लिन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसद अधिवेशनको पहिलो दिन भएको मतदानमा एमालेका २८ जना सांसद अनुपस्थित भएका हुन् ।

उनीहरुले एमालेको ह्वीपविपरीत बैठकमा अनुपस्थित भएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार सांसदहरू

१. योगेश भट्टराई
२. झलनाथ खनाल (अस्पतालमा)
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी )
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने

गरी २८ जना आजको बैठकमा अनुपस्थित भएका हुन् । सांसद कलिला खानले भने उपस्थित भएर पनि भोट नहालेको थापाले जानकारी दिए ।

प्रतिक्रिया