‘लोकतन्त्रमा पनि हामी पीडित छौँ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लोकतन्त्रमा आफूहरु पीडामा रहेको बताएका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले भने– ‘लोकतन्त्र आइसकेपछि पनि हामी पीडित छौँ । रेशम चौधरीलाई त हामी यहाँ हेर्न चाहन्थ्यौँ । तर, उहाँ आज जेलमा हुनुहुन्छ । हाम्रो प्रदेश सांसद, मेयरलगायतका थुप्रै नेताहरु जेलमा हुनुहुन्छ । त्यसैले हामी मत मत दिन्नौँ, पक्षमा पनि छैनौँ, विपक्षमा पनि छैनौँ ।’

सरकारले आफ्नो पीडा सुनेपनि उपचार नभएको अध्यक्ष ठाकुरको भनाइ छ । ‘हाम्रो पीडा सुन्नुहुन्छ । म शेरबहादुजी, प्रचण्ड र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु । तर, तपाईंहरुले पीडा सुन्नुहुन्छ उपचार भने गर्नुहुन्न ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसद् बैठकबाट विश्वासको मत लिँदैछन् । यो समूहको जसपाले भने आफू तटस्थ रहने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया