ओलीलाई देउवाले भने– ‘मान्छे समस्याबाट भाग्ला, आफैंदेखि भाग्न सक्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै समस्याबाट भागेपनि आफैंदेखि भाग्न नसकिने बताएका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इङ्गित गर्दै यस्तो बताएका हुन् । ‘मान्छे आफैंसँग भाग्न त सक्ला,’ सभापति देउवाले भने– ‘तर, आफैंदेखि कहिल्यै भाग्न सक्दैन ।’

यस्तै सभापति देउवाले वर्तमान सरकारलाई भरोसा गर्न नसकिने बताए । ‘आफूअनकूल संसद् विघटन गर्नेदेखि संवैधानिक परिषद्को अध्यादेश ल्याउनेसम्म काम भयो,’ देउवाले भने– ‘संसद् अधिवेशन अन्त्य गर्ने सन्दर्भमा उस्तै भयो, त्यसैले कसरी भरोसा गरौँ अहिलेको सरकारलाई ?’

प्रतिक्रिया