तस्बिर आफैं बोल्छ भनेझैँ हामीले गरेका काम आफैं देखिन्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गरेको कामहरु जनताले देखिरहेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री यस्तो बताएका हुन् । ‘तस्बिर आफैं बोल्छ भनेझैँ वर्तमान सरकारले गरेको काम आफैं देखिन्छ, भनिरहन पर्दैन,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदैछन् । केहीबेरमा उनले विश्वासको मत माग्दैछन् ।

प्रतिक्रिया