दोस्रो बैठकमा मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो बैठकमा मात्रै विश्वासको मत लिने भएका छन् ।

प्रतिनिधि सभाको दोस्रो बैठक पनि आजै बस्दैछ । पहिलो बैठक दिउँसो १ बजे बस्दैछ । पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढेर सुनाउने, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनलगायतका कार्यसूची तय भएको छ ।
संसद सचिवालय श्राेतका अनुसार पहिलाे बैठककाे १५ मिनेट पछि आजै  दोस्रो बैठक बस्नेछ, जहाँ प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेछन् ।

प्रतिक्रिया