लुम्बिनी प्रदेश : विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र

काठमाडौं । लुम्बिनीमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्न विपक्षी दलहरुले प्रदेश प्रमुखसमक्ष माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई भेटेर पत्र बुझाउँदै विशेष अधिवेशनको माग गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलका ४० सांसदले माओवादी नेता कूलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गराएका छन् । सोही प्रस्तावमाथि छलफल गर्न विपक्षी दलहरुले सभाको अधिवेशनको माग गरेका हुन् ।

यसअघि गत वैशाख १९ गते मुख्यमन्त्री पोखरेलले राजीनामा दिइ त्यही दिन पुनःनियुक्त भएका थिए । पहिलो अविश्वास प्रस्तावको सामना गर्न राजीनामा र पुनःनियुक्ति एकैदिन गरेका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता भएको हो ।

प्रतिक्रिया