बेलायतले नेपाललाई राख्यो ‘रेड जोन’मा [भिडिओसहित]

काठमाडौं । बेलायतले नेपाललाई रेड जोनमा राखेको छ । नेपालमा नयाँ प्रजातिसहितको कोरोना तीव्र रुपमा बढेको भन्दै बेलायतले रेड जोनमा राखेको हो । साथै बेलायतले नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारीसमेत गरेको छ ।

शुक्रवार लण्डनमा भएको पत्रकार समेलनमा यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले भने– ‘नेपालसहित, टर्की र माल्दिभ्सलाई रेड जोनमा राखिएको छ ।’

विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया