प्रधानमन्त्री नेगेटिभ, सल्लाहकार पोजेटिभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

उनका प्रेस सल्लाहकार सूर्य थापालाई भने पुनः संक्रमण भएको छ । थापा गत वर्ष पनि संक्रमित बनेका थिए । थापासँगै ओलीको सचिवालयका दर्जन सदस्यको स्वाब संकलन गरिएको थियो ।

जसमा थापासँगै प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया