मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापकाअनुसार बैठक अहिले पनि चलिरहेको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते (पर्सि) सदनबाट विश्वासको मत लिँदैछन् । यसको पूर्वसन्ध्यामा बसेको मन्त्रिपरिषद् बैठकलाई चासोको साथ हेरिएको छ ।

अहिले सत्तारुढ एमाले एक्लिएको छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका अन्य दल एकापट्टि हुँदा सत्तारुढ एमाले एक्लै छ । अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, भट्टराई–यादवपक्षीय जसपा र विपक्षी एमाले एक कित्तामा उभिएका छन् ।

प्रतिक्रिया