कांग्रेस बैठकः ओलीविरुद्ध मत हाल्न सबैलाई आग्रह गर्ने
२०७८ वैशाख २५ गते

|फाइल फोटो|
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकले प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्नेछ ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा मत हाल्न प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सांसदहरूलाई आह्वान गर्ने निर्णय गर्ने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी छ ।
यसअघि मंगलबार कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो ।
२०७८ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित








