प्रधानमन्त्रीले पनि गराए स्वाब संकलन

कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वाब संकलन गराएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीले शुक्रवार दिउँसो स्वाब संकलन गराएका हुन् ।

प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको थापाले जानकारी दिए ।

अन्य सांसदहरुले भने यसअघि नै स्वाब संकलन गराइसकेका छन् । जसमा लक्ष्मणलाल कर्ण, पार्वती डीसी चौधरी, रामबाबु यादव र नरमाया ढकाललाई संक्रमण पुष्टि भएको छ भने अन्य सबै सांसदमा कोरोना देखिएको छैन ।

आगामी वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिँदैछन् । त्यसपछि पूर्ण स्वास्थ्यमादण्डलाई वास्ता गर्दै सबै सांसदहरुले कोरोना परीक्षण गराएका हुन् ।

प्रतिक्रिया