उपत्यकामा निषेधाज्ञा जारी

काठमाडौं । कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।

जिल्ला प्रशासन कार्यालयले दैनिक रुपमा थप कडाइ गरिएको बताउँदै आएको छ । प्रशासनले यसो भनेपनि सडकमा सवारी साधनको संख्यामा भने कमी आउन सकेको छैन । अत्यावश्यक बाहेक विवाहलगायत सार्वजनिक सेवाका गाडीहरू सञ्चालन भइरहेका छन् ।

यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधाज्ञा जारी भएकोमा २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको थियो ।

आदेश २९ गते राति १२ बजेसम्म कायम रहनेछ ।

नेपालमा नयाँ भेरियन्टको कोभिड-१९ संक्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढिरहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महशुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

यसैबीच शुक्रबार बिहानै निषेधाज्ञा अवज्ञा गरी चलाइएका ५२९ सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ ।

जसमा ४ सय २२ ओटा दुइ पाङग्रे, ८० ओटा चार पाङग्रे र २७ ओटा ठुला सवारी साधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया