विपक्षी गठबन्धनका तर्फबाट देवकोटाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । विपक्षी एमाले नेता खिमलाल देवकोटाले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

देवकोटाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, भट्टराई–यादव पक्षीय जसपा र विपक्षी एमालेको तर्फबाट शुक्रवार निर्वाचन आयोग, बागमती प्रदेश कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

यस्तै यता सत्तारुढ एमालेबाट रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिएका छन् । शुक्रवार बिहान बसेको एमाले स्थायी कमिटीले निर्णय गरेअनुरुप बादलले उम्मेदवारी दिएका हुन्, उनी अहिले होलिकोप्टरमार्फत हेटौंडा पुगिसकेका छन् ।

योसँगै देवकोटा–बादलबीच पक्का भिडन्त हुने भएको छ ।

प्रतिक्रिया