उपत्यका बाहिर जान १० दिन क्वारेन्टाइनमा बस्‍ने पालिकाको पत्र अनिवार्य

काठमाडाैं । काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिस चाहिने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिससहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने उल्लेख छ ।

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रूपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

प्रतिक्रिया